सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित

काठमाडौँ : सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१-२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड बैङ्कलाई प्रदान गरेको हो।

सिद्धार्थ बैङ्क गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

बैङ्कको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडरेसन अफ अकान्टेन्ट्सद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ।

साउन ८, २०८० सोमबार १८:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।