चितवनमा माछा मार्न गएका युवालाई बाघले झम्टियो, घटनास्थलमै मृत्यु

चितवनमा माछा मार्न गएका युवालाई बाघले झम्टियो, घटनास्थलमै मृत्यु

चितवन : पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई सोमबार दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पण्डितका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमै मृत्यु भएको हो। बोटेको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। 

साउन ८, २०८० सोमबार १७:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।