विश्व च्याम्पियनसिपमा गौरिका र नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौं : गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
जापानमा जारी २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्डको टाइमिङ सहित कीर्तिमान बनाएकी हुन्।
दक्षिण एसियाली खेलकुदको ४ स्वर्ण पदकधारी गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा आफैंले बनाएको १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान तोडेकी हुन्।
उता नासिरले पनि २०० मिटर फ्रि स्टायलमा आफ्नै कीर्तिमान तोडे। उनले १ मिनेट ५७.२६ सेकेन्डको समय निकाल्दै यसअघिको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेका हुन्।
उनले आइतबार ४०० मिटर फ्रि स्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।
साउन ८, २०८० सोमबार १७:४६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।