अस्थिर एलन मस्कको 'एक्स' सँगको नाता, ट्विटर सम्हालेदेखि उनले गरेका ४ ठूला निर्णय

अस्थिर एलन मस्कको 'एक्स' सँगको नाता, ट्विटर सम्हालेदेखि उनले गरेका ४ ठूला निर्णय

एजेन्सी : एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन्। मस्कले आज (२४ जुलाई) देखि X.com लाई Twitter.com मा जोडेका छन्।

आजदेखि परिवर्तन भएको लोगोमा नीलो चरा परिवर्तन भएको छ। मस्कले ट्विटरमा आफ्नो प्रोफाइल फोटो पनि परिवर्तन गरेका छन्। उनले एउटा भिडियो पनि पिन गरेका छन्, जसमा ट्विटरको लोगो 'एक्स'मा परिणत भएको देखिन्छ।  

मस्कको X सँगको नाता सन् १९९९ देखिको हो। जब उनले अनलाइन बैंकिङ कम्पनी X.com बनाएका थिए। त्यसपछि एउटा कम्पनीसँग उनले आफ्नो कम्पनी मर्ज गरेका थिए, जुन PayPal डिजिटल वालेटमा रुपान्तरण भएको थियो। 

पछि सन् २०१७ मा उक्त PayPal बाट मस्कले X.com लाई पुनः किनेका थिए। उक्त डोमेन उनले आफ्ना लागि 'भावुक मूल्य'को भएको बताएका थिए। 

उनको अर्को एक कम्पनी स्पेस (Spacex) मा पनि X देखिन्छ। उनको नयाँ AI कम्पनीको नाम पनि XAI हो। सन् २०२० मा मक्सले आफ्नो एक छोराको नाम X Æ A-12 मस्क राखेका थिए। 

मस्कले ४ महिनाअघि पनि ट्विटरको नीलो चरा हटाएर 'कुकुर'को लोगो राखेका थिए। त्यसबेला उनले ट्विट गर्दा भनेका थिए, 'मैले गरेको बाचा पूरा गरें।'

तर, पछि उनले फेरि नीलो चरालाई ट्विटरको लोगो बनाएका थिए। 

ट्विटरको सीईओ बनेपछि मस्कका चार महत्वपूर्ण र ठूला फैसला 

ट्विटर खरिद गरेपछि मस्कले पहिले कम्पनीका चार शीर्ष अधिकारीहरूलाई बर्खास्त गरे। जसमा सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानुनी अधिकारी विजया गड्डे र सेन एजेट थिए।

जब मस्कले ट्विटरको जिम्मेवारी सम्हाले, त्यसमा करिब ७५०० कर्मचारी थिए, तर अहिले करिब २५०० मात्रै बाँकी छन्।

धेरै ब्लक अकाउन्ट अनब्लक गरे

नोभेम्बर २०२२ मा मस्कले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरै ब्लक भएका खाताहरू अनब्लक गरे। उनले ट्रम्पको पुनरागमन बारे ट्विटरमा पोल पनि गरेका थिए, जसमा उनले ट्रम्पको खाता रिस्टोर गर्नुपर्छ कि पर्दैन भनी सोधेका थिए।

जहाँ १.५ करोडभन्दा बढी प्रयोगकर्ताहरूले मतदानमा भाग लिएका थिए। त्यहाँ ५२ प्रतिशतले 'हुन्छ' भन्ने मत दिएका थिए।

ब्लु सब्सक्रिप्सन सर्भिस लन्च

मस्कले विश्वव्यापी रूपमा ब्लु सब्सक्रिप्सन सर्भिस सुरु गरेका थिए। मोबाइलको सदस्यता शुल्क बनाइएको थियो। यसमा नीलो टिक, लामो भिडियो पोस्ट लगायत धेरै सुविधाहरू उपलब्ध थिए।

वर्ण र अक्षरको सीमा बढाए, पोस्ट पढ्न सीमा निर्धारण

मस्कले पोष्टहरूको अक्षर र वर्ण सीमा २८० बाट बढाएर २५ हजार बनाइदिए। पोस्ट पढ्ने सीमा पनि लागू गरिदिए। प्रमाणित प्रयोगकर्ताहरूले एक दिनमा १० हजार पोष्टहरू मात्र पढ्न सक्ने बनाइदिए।

अप्रमाणित प्रयोगकर्ताहरूले भने एक हजार पोस्टहरू मात्र पढ्न सक्ने बनाइदिए। जबकि नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५०० पोस्टहरू मात्र पढ्न सक्ने बनाइदिए। 

एजेन्सीको सहयोगमा

साउन ८, २०८० सोमबार १७:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।