आइतबार ६३ अंकले बढेको नेप्सेमा सोमबार २६ अंकको करेक्सन

आइतबार ६३ अंकले बढेको नेप्सेमा सोमबार २६ अंकको करेक्सन

काठमाडौं : आइतबार ६३ अंकले बढेको नेप्से कारोबार हुने साताको दोस्रो दिन सोमबार भने २६ अंकको करेक्सन आएको छ।

यसदिन नेप्से २६.६६ अंकले घट्दै २२००.५० विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ६.१४ अंकले घटेर ४१८.७८ विन्दुमा छ।

उपसूचक समूहहरुमध्ये यसदिन म्युचल फन्ड र अन्य समूह मात्रै हरियो भएको छ।

बाँकी सबै समूह राताम्मे छन्। जसमध्ये सबैभन्दा बढी विकास बैंक समूह ३.५० प्रतिशतले ओरालो लागेको छ।

बजार घटे पनि कारोबार रकम भने करिब पौने ५ अर्ब हुन पुग्यो। यसदिन २६५ कम्पनीका ७४ हजार १६१ कित्ता शेयर  किनबेच हुँदा ४ अर्ब ७३ करोड ७६ लाखको कारोबार भयो।

यसदिन नेपाल रिइस्योरेन्स कम्पनीले सबैभन्दा बढी २५ करोडको कारोबार गर्दा १९ करोड १६ लाखका रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ।

सोमबार किसान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए।

साउन ८, २०८० सोमबार १५:५७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।