२ करोडमा बनेको ‘बगान’को १० दिनको कमाइ ६९ लाख
काठमाडौं : असार २९ गते प्रदर्शनमा आएको चलचित्र ‘बगान’को १० दिनको बक्स अफिस कलेक्सनको आँकडा सार्वजनिक भएको छ।
चलचित्रका निर्माता सुरेश वाग्लेका अनुसार फिल्मले १० दिनमा ६९ लाख ७८ हजार १९१ रुपैयाँको नेट कलेक्सन गरेको हो।
काठमाडौं उपत्यकाभित्र फिल्मलाई रिच इन्टरटेनमेन्ट र डिसिएनले वितरण गरेकोमा उपत्यका बाहिर वितरणको जिम्मा एफडी कम्पनीले पाएको थियो।
निर्माता वाग्ले दुई वितरण कम्पनीले दिएको डेटाको आधारमा आफूले जानकारी गराएको उकेरासँगकाे कुराकानीमा बताए।
सरोज खनालले निर्देशन गरेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन्। फिल्म एकल महिलाको कथामा छ। फिल्ममा खनालका साथै करिश्मा मानन्धर, प्रमिला कार्कीको मुख्य भूमिका छ।
२ कराेडको लगानीमा बनेको फिल्मले केही दिनमा लगानी उठाउने उनको दाबी छ।
‘फिल्मले केही दिनमा लगानी उठाउँछ,’ उनले उकेरासँग भने, ‘फिल्म लगानी उठाउने दिशामा अघि बढ्दैछ।’
साउन ८, २०८० सोमबार १५:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।