नारायणकाजी श्रेष्ठ पहिल्यै गृहमन्त्री भएको भए हाम्रो पार्टीलाइ प्रतिबन्ध लाग्दैनथ्यो : विप्लव

नारायणकाजी श्रेष्ठ पहिल्यै गृहमन्त्री भएको भए हाम्रो पार्टीलाइ प्रतिबन्ध लाग्दैनथ्यो : विप्लव

काठमाडौं : नेपाल कम्युष्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेता नारायणकाजी श्रेष्ठ पहिला नै गृहमन्त्री भएको भए आफ्नो पार्टीमाथि प्रतिबन्ध नलाग्ने बताएका छन्।

समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता विचार गोष्ठीलाई सम्बोधन गर्दै विप्लव श्रेष्ठ पहिल्यै गृहमन्त्री भएको भए आफ्नो पार्टीलाई प्रतिबन्ध नलाग्ने बताएका हुन्।

‘हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुभएको भए लाग्दैनथ्यो होला भन्ने मलाई अहिले सम्झना भइरहेका छौं,’ उनले भने, ‘किनकी हामीले कारबाही गरेको एनसेललाई हो। अहिले पनि समस्या हल भएको छैन।’

महासचिव विप्लवले सरकारले थालेको भ्रष्टाचारविरुद्धको लडाइँमा आफ्नो पार्टीले सडकबाट साथ दिन तयार रहेको बताए। साथै उनले माओवादी नेतृत्वमा सरकार बनेको खुसीसमेत व्यक्त गरे।

उनले थपे, ‘उपप्रधान तथा गृहमन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ। खुशी पनि लागेको छ। नेकपा माओवादी केन्द्रका नेतृत्वमा सरकार छ।’

साउन ८, २०८० सोमबार १५:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।