सीआईबीले समात्यो ललितानिवासको सरकारी जग्गा हुत्याउन नक्कली मोही बनेका २ जनालाई

सीआईबीले समात्यो ललितानिवासको सरकारी जग्गा हुत्याउन नक्कली मोही बनेका २ जनालाई

काठमाडौं : ललितानिवास प्रकरणमा दुई जना नक्कली मोही सोमबार (आज) पक्राउ परेका छन्।

बालुवाटारमा रहेको ललितानिवासको सरकारी जग्गा हुत्याउन बनाइएका दुई नक्कली मोहीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार दुई नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेर ब्यूरोको महाराजगञ्ज स्थित कार्यालयमा लगिएको छ।

यसै प्रकरणमा सीआईबीले आइतबार नापी विभागका पूर्वकर्मचारी अरुण कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो।

साउन ८, २०८० सोमबार १५:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।