नेताहरूलाई चिनेको र व्यवसायमा लगाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने २ जना पक्राउ

नेताहरूलाई चिनेको र व्यवसायमा लगाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं : प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनेर विश्वास दिलाउँदै पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। 

काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको पाइएको छ।

साथै ना ४ च ८६७० नम्बरको स्करपिओ जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ।

साउन ८, २०८० सोमबार १३:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।