घरायसी झगडामा कुटपिट गर्दा श्रीमतीको ज्यान गयो, छुट्याउन गएकी आमा गम्भीर घाइते

घरायसी झगडामा कुटपिट गर्दा श्रीमतीको ज्यान गयो, छुट्याउन गएकी आमा गम्भीर घाइते

सप्तरी : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय खङ आफ्नी ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या अभियोगमा पक्राउ परेका हुन्।

उनीहरूबीच घरायसी वादविवादको कारण झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रामरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

साउन ८, २०८० सोमबार १३:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।