आफ्नै सक्रियतामा सुन बरामद भएको अर्थमन्त्रीको दाबी, भन्छन् : सूचना दिनेलाई पुरस्कार दिने भनेपछि समातियो

आफ्नै सक्रियतामा सुन बरामद भएको अर्थमन्त्रीको दाबी, भन्छन् : सूचना दिनेलाई पुरस्कार दिने भनेपछि समातियो

बुटवल : अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको बताएका छन्। 

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताए।

अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने समेत प्रतिबद्धता जनाएका छन्। 

गतहप्ता मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेक्युरिटि र भन्सारबाट पास भएर बाहिर आइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

साउन ८, २०८० सोमबार १२:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।