अझै भेटिएनन् सामाखुशीमा हिजोदेखि बाढीमा बेपत्ता भएका बालक

अझै भेटिएनन् सामाखुशीमा हिजोदेखि बाढीमा बेपत्ता भएका बालक

काठमाडौं : सामाखुसशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ। काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत छन्। विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए।

उनको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

साउन ८, २०८० सोमबार १२:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।