चितवनमा जंगली जनावरले एक वर्षमा १२ जनाको ज्यान लिए

चितवनमा जंगली जनावरले एक वर्षमा १२ जनाको ज्यान लिए

चितवन : गत आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन्। ती मध्ये बाघ र गैंडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

यसरी जनावरको आक्रमणबाट ज्यानु गुमाउने मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन्।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्च स्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।
 
हात्तीको आक्रमणबाट १७, गैंडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जंगली बदेलको आक्रमणबाट ६ जना घाइते भएको अधिकारी तिवारीले बताए।
 
यस्तै जंगली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यस्तै सोही समयमा जनावरले २७ वटा घरगोठमा जनावरले क्षति गरेको छ।
 
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।

साउन ८, २०८० सोमबार ११:४५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।