पहिराले घर पुरिँदा सुतिरहेका आमाछोराको मृत्यु

पहिराले घर पुरिँदा सुतिरहेका आमाछोराको मृत्यु

बैतडी : पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

आज बिहान ३ बजे खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरूको मृत्युु भएको हो।

पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।

साउन ८, २०८० सोमबार १०:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।