पहिलो हाफमा २-० ले पछि परेको रियल मड्रिडको शानदार कमब्याक, मिलान पराजित

पहिलो हाफमा २-० ले पछि परेको रियल मड्रिडको शानदार कमब्याक, मिलान पराजित

पहिलो हाफमा २-० गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा ३ गोल गर्दै एसी मिलानमाथि नाटकीय जित निकालेको छ। 

अमेरिकामा भएको क्लब मैत्रीपूर्ण खेलमा मिलानका फिकायो टोमोरीले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै लुका रोमेरोले ४२ मिनेटमा अर्को गोल थप्दा मिलान पहिलो हाफमा २-० को बलियो स्थितिमा थियो। 

सोमबार बिहान भएको खेलमा रियलका फेडरिक भाल्भेर्डेले ५७ र ५९ गरी दुई मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए। पछि भिनिसियस जुनियरले ८४ मिनेटमा गोल गर्दै रियललाई जित दिलाए। 

 

साउन ८, २०८० सोमबार ०९:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।