पाकिस्तान लगातार दुई पटक उपाधि विजेता, आईपीएलका स्टारहरू सम्मिलित भारतको नमिठो हार
आईपीएल स्टारहरूले भरिए पनि भारत 'ए' ले इमर्जिङ एसिया कपको फाइनलमा पाकिस्तानसँग लज्जास्पद हार बेहोरेको छ।
पाकिस्तानले भारतलाई १२८ रनले पराजित गरेको हो। पाकिस्तानका लागि शतक प्रहार गरेका तैयब ताहिर फाइनलको प्लेयर अफ द सिरिज घोषित भए।
यता भारतका निशान्त सन्धु प्लेयर अफ द सिरिज घोषित भए।
कोलम्बोमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो। जवाफमा भारतीय टोली ४० ओभरमा २२४ रनमा अलआउट भयो।
पाकिस्तानको टोली यस प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। टोली २०१९ मा च्याम्पियन पनि बनेको थियो। त्यहाँ पाकिस्तानले बंगलादेशलाई हराएको थियो।
भारतीय टोलीले प्रतियोगिताको पहिलो उपाधि मात्र जित्न सकेको छ। सन् २०१३ को पहिलो सिजनमा सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोलीले पाकिस्तान 'ए' लाई हराएको थियो।
२०१७ र २०१८ मा श्रीलंका 'ए'ले पाकिस्तान 'ए' र भारत 'ए' लाई पराजित गर्दै लगातार २ पटक उपाधि जितेको थियो।
यस प्रतियोगितामा नेपाल पनि सहभागी थियो। तीन खेलेको नेपालले एकमा जित हात पारेको थियो।
साउन ८, २०८० सोमबार ०८:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।