वृद्ध भत्ता लिन बसेका वृद्धको लाइनमै गयो ज्यान

वृद्ध भत्ता लिन बसेका वृद्धको लाइनमै गयो ज्यान

सर्लाही : बैंकमा वृद्ध भत्ता लिन बसेका एक वृद्धको लाइनमै मृत्यु भएको छ। 

सर्लाहीको लालबन्दीस्थित महालक्ष्मी बैंकमा वृद्ध भत्ता लिन पुगेका लालबन्दी-५, रन्जितपुरका ७१ वर्षीय भोला विकको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार आइतबार दिउँसो लाइनमा बसेका विक गर्मीका कारण अचानक ढलेपछि तत्कालै उनलाई उपचारका लागि गाउँमैत्री अस्पताल पुर्याइएको थियो। तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक अच्युत गिरीले जानकारी दिए।

८ साउन, २०८०, ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।