कोशी मुख्यमन्त्री नियुक्ति प्रक्रियामा परेको रिट ‘हेर्न नमिल्ने’ मा

कोशी मुख्यमन्त्री नियुक्ति प्रक्रियामा परेको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ : कोशी प्रदेशमा मुख्यमन्त्री चयनमा असंवैधानिक भएको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ भएन।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलास परेको रिटको लागि पेशी तोकिए पनि न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो। 

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री  हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उक्त विवादको प्रारम्भिक सुनुवाइ गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दूरगामी असर पर्नेगरी काम नगर्न र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

साउन ७, २०८० आइतबार १८:४५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।