तैयब ताहिरले शतक बनाएपछि पाकिस्तानले भारतलाई दियो ३५२ रनको विशाल लक्ष्य

तैयब ताहिरले शतक बनाएपछि पाकिस्तानले भारतलाई दियो ३५२ रनको विशाल लक्ष्य

काठमाडौँ : इमर्जिङ एसिया कपको फाइनल खेलमा पाकिस्तान 'ए'ले भारत 'ए' लाई जितका लागि ३५३ रनको विशाल लक्ष्य दिएको छ। 

कोलम्बोको आर प्रेमदासा स्टेडियममा भइरहेको खेलमा भारत 'ए'ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। यस क्रममा पहिला ब्याटिङ गर्न आएको पाकिस्तानले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ३५२ रन बनाएको हो। 

पाकिस्तानका तैयब ताहिर शतक बनाएर आउट भए। उनले ७१ बलमा १०८ रनको इनिङ खेले। उनलाई राजवर्धन हंगेरगेकरले अभिषेक शर्माको हातमा कैच आउट गरेका थिए। उनीपछि मुबासिर खान ३५ रन बनाएर आउट भएका थिए।

साम अयुब ५९ रन बनाएर आउट भए, उनलाई मानव सुथारले पेभिलियन पठाएका हुन्। साहिबजादा फरहान ६५ रन बनाएर रनआउट भए। रियान परागले लगातार २ बलमा २ विकेट लिए। उनले २८ औं ओभरको पहिलो बलमा ओमेर बिन युसुफ (३५ रन) र दोस्रो बलमा कासिम अक्रम (० रन) मा आउट गरे। 

मोहम्मद हरिस पनि २९ औं ओभरको चौथो बलमा एलबिडब्लु धरापमा परे। उनलाई निशान्त सिन्धुले आउट गरेका थिए। 

पाकिस्तानले २७ ओभरमा १ सय ८३ रनमा २ विकेट गुमाए पनि २८.४ ओभरमा ५ विकेटमा १८७ रन बनाएको थियो। यसरी टिमले १० बलमा ४ रन बनाउँदै ३ विकेट गुमाएको थियो।

यस प्रतियोगितामा भारत र पाकिस्तान दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन्। यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो। 

साउन ७, २०८० आइतबार १८:२४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।