प्राकृतिक प्रकोप पीडित ऋणीलाई पुनरुत्थान गर्न विशेष व्यवस्था गर्दै राष्ट्र बैंक

प्राकृतिक प्रकोप पीडित ऋणीलाई पुनरुत्थान गर्न विशेष व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोप लगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताएका छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा अधिकारीले समस्यामा परेका ऋणीलाई कर्जाको पुनः संरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए।

खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणीलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी दिए।

प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धाराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणीलाई पुनःस्थापनाका लागि विशेष व्यवस्था गरिन लागेको गभर्नर अधिकारीको भनाइ छ।

साउन ७, २०८० आइतबार १७:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।