बालकृष्ण खाँणलाई राज्यले अन्याय गर्‍यो, दुःख पर्दा उहाँलाई सहयोग गर्नुपर्छ : कांग्रेस सहमहामन्त्री

बालकृष्ण खाँणलाई राज्यले अन्याय गर्‍यो, दुःख पर्दा उहाँलाई सहयोग गर्नुपर्छ : कांग्रेस सहमहामन्त्री

काठमाडौँ : बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको पार्टी नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताएका छन्। 

आइतबार जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ। अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ, तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ। ठगी मुद्दामा राजद्रोह लगाउने हो भने दिनमा १०/२० वटा राजद्रोहको मुद्दा लाग्छ।’

खाँणमाथि अभियोग लागे पनि प्रमाणित नभएको भन्दै उनले बचाउ गरे। खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुःख पर्दा सहयोग गर्नुपर्ने बताए। 

साउन ७, २०८० आइतबार १६:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।