फ्लाई ओभरको मोडल देखेर दङ्ग परे मन्त्री ज्वाला

फ्लाई ओभरको मोडल देखेर दङ्ग परे मन्त्री ज्वाला

काठमाडौँ  :  दैलेख र कालिकोट जोड्ने टनेल, चारैतिरबाट हवाईजहाज उड्न मिल्ने सर्कुलर रनवे, ग्वार्कोमा बन्दै गरेको फ्लाइओभर।

हिमालय कलेज अफ इन्जिनियरिङले आयोजना गरेको हिमालयन एक्जिविसनमा राखिएका मोडल हेर्दा दङ्ग परे भौतिक मन्त्री प्रकाश ज्वाला।

प्रदर्शनीमा इलेकट्रोनिक्स एन्ड इन्फरमेसन, सिभिल आर्किटेक्चर लगायत बिएससी, सिएसआइटी, बिसिएमा अध्ययनरत विध्यार्थीहरुले आफ्नो कलाको प्रदर्शन गरेका थिए।

कलेजका अनुसार विध्यार्थीहरुको सिकाई कला, कक्षा कोठाभित्र तथा किताबी ज्ञान मात्र हुनु हुँदैन भन्ने मान्यता लिएर हिमालयन एक्जिविसन आयोजना गरिएको जानकारी दिएको छ।

सन् २०१७ मा प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीमा कम्प्युटर, आइटी तथा बिसिएका विध्यार्थीहरुले विभिन्न सफ्टवेयरहरूको प्रदर्शन गरिरहेका छन्।

हाकाथन, सफ्टवेयर कम्पिटीसन, क्याच दि फ्ल्याग लगायत क्विजहरूको आयोजना गरेको छ। ब्लाइन्ड असिस्ट स्टिक, पोर्टेबल राडर, स्मार्ट बिजनेस एनालाइसिस च्याट बक्स लगायत प्रदर्शनमा राखिएको छ।

इलेकट्रोनिक्सका विध्यार्थीहरुले इभि भेहिकल, व्यक्तिलाई फलो गर्ने रोबट र रोबट वार जस्ता कला प्रदर्शन गरिरहेका छन्।

सिभिल इन्जिनियरिङका विध्यार्थीहरुले टनेल, विमानस्थल, फ्लाइओभर लगायतका मोडलहरू प्रदर्शन गरेका थिए। भौतिक योजना मन्त्री प्रकाश ज्वाला यो सेक्सनमा पुगेपछि केही समय अडिए। उनले विध्यार्थीहरुसँग मोडलबारे जिज्ञासा समेत राखेका थिए।

आर्किटेक्ट विभागका विध्यार्थीहरुले आफ्नो अध्ययनकालमा बनाएको मोडलहरू प्रदर्शनमा राखेका थिए।  

साउन ७, २०८० आइतबार १४:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।