मौद्रिक नीतिले गरेन घरजग्गा कारोबारलाई सम्बोधन, पुरानै नीति यथावत्

मौद्रिक नीतिले गरेन घरजग्गा कारोबारलाई सम्बोधन, पुरानै नीति यथावत्

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। जसमा घरजग्गा कारोबारमा कुनै नयाँ नीति कायम गरिएको छैन।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई नै निरन्तरता दिएको हो। 

गत वर्षको मौद्रिक नीतिमा घरजग्गा धितोमा कर्जा सीमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्र थियो।

यसलाई बढाउन घरजग्गा व्यवसायीहरुले माग गरेका थिए। तर यो नीतिमा यसमा कुनै परिवर्तन भएन।

साउन ७, २०८० आइतबार १४:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।