चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य काठमाडौंमा, शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य काठमाडौंमा, शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का उच्च तहका नेता युआन च्या च्युन तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

उनी श्रीलंकाको भ्रमण पछि काठमाडौं आएका हुन्। सीपीसी​​​​​​​ पोलिटब्युरो सदस्य युआनले भ्रमणका क्रममा नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

तर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमणका लागि गएका हुनाले युआनको भेट प्रचण्डसँग भने नहुने भएको छ।

साउन ७, २०८० आइतबार १३:३५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।