शनिबार १५ मंसिर, २०८१
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज (आइतबार) सार्वजनिक गर्ने भएको छ।
मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ। बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो।
साउन ७, २०८० आइतबार १२:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।