आजको मौसम : मनसुनी वायु कमजोर, भारी वर्षाको संभावना छैन

आजको मौसम : मनसुनी वायु कमजोर, भारी वर्षाको संभावना छैन

काठमाडौं : आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेकोले भारी वर्षाको संभावना कम रहेको छ। 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको भन्दा दक्षिणतिर अवस्थित छ। आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन ७, २०८० आइतबार ११:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।