सिंगापुरमा ३३ नेपाली स्कुल सञ्चालकलाई सम्मान

सिंगापुरमा ३३ नेपाली स्कुल सञ्चालकलाई सम्मान

एक्जिटो एजुकेसन अष्ट्रेलियाले सिंगापुरमा आयोजना गरेको ‘एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२३’ मा ३३ जना नेपाली स्कुल सञ्चालकलाई सम्मान गरिएको छ।

शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल सञ्चालकलाई 'एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२३' बाट सम्मान गरिएको हो।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न विद्यालय, कलेज, स्कुलर, कलेज सञ्चालकलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानका आधारमा उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको कार्यक्रम संयोजक अनुजा मिडिया नेपालले जानकारी दिएको छ। 

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीलाई पाँच दशक लामो योगदानको कदरस्वरुप ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो।

यस्तै समृद्धि स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिब प्रिन्सिपल अफ द  इयर अवार्ड’, नवरत्न इंग्लिस स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई  ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द  इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड र रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’ प्रदान गरिएको छ।

अरनिको आवासिय सेकेन्डरी स्कुलर कलेज विराट्नगरबाट राजेश कार्कीलाई ‘बेस्ट ‌२ कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजबाट रेबती सिंहलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ दिइएकोमा कैलाली मोडेल सेकेन्डरी स्कुलका तपेन्द्र बहादुर सिंहलाई ‘इन्नोभेटिव ‌२ कलेज अवार्ड’ प्रदान गरिएको छ ।

यसैगरी ‘बेस्ट स्कुल अवार्ड’ नाइटिङ्गेल सेकेन्डरी स्कुल ललितपुरबाट रञ्जान प्रधान र ‘बेस्ट  प्रिन्सिपल  अवार्ड’  एबीसी स्कुल नेपालगञ्जकी प्रिन्सिपल शशि श्वारले प्राप्त गरे।

शिद्धपाइला इंग्लिस सकेन्डरी स्कुलका प्रिन्सिपल नैन सिंह खत्रीले ‘इन्नोभेटिव प्रिन्सिपल अवार्ड’ र कपिलवस्तुको हथौसा लिटल स्टार स्कुलका सुन्दर पाण्डेले  ‘इनोभेटिभ स्कुल अवार्ड’ प्राप्त गरे।   

एक्जिटो एजुकेसनका निर्देशक सचेत बिदिजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० विद्यालयहरू मध्ये ३३ वटा विद्यालय तथा विद्यालय सञ्चालकलाई छनोट गरी सम्मान गरिएको बताए।

सिङ्गापुर तथा मलेसियामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लिंकन युनिभर्सिटीका कुलपति प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका संस्थापक निर्देशक सचेत बदिजनले अवार्ड प्रदान गरेका थिए।

कार्यक्रमको व्यवस्थापन एक्जिटो इभेन्ट्सले गरेको थियो।
 

साउन ७, २०८० आइतबार १०:०५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।