बंगलादेशमा ५२ जना यात्रु बोकेको बस पोखरीमा खस्यो, १७ जनाको मृत्यु

बंगलादेशमा ५२ जना यात्रु बोकेको बस पोखरीमा खस्यो, १७ जनाको मृत्यु

बंगलादेशमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। 

झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा शनिबार बस पोखरीमा खसेको हो। दुर्घटनामा ३५ जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन बालबालिका र आठ महिला रहेका छन्।

बारिशाल डिभिजनका आयुक्त एमडी शौकत अलीले चालकको लापरवाहीले दुर्घटना भएको बताएका छन्। प्रहरीका अनुसार बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हो। 

शनिबार बिहान ९ बजे पिरोजपुरको भण्डारियाबाट बशर स्मृति यातायातको बस बरिशालका लागि प्रस्थान गरेको थियो। बसमा ५२ जना यात्रु सवार थिए।

बिहान १० बजेतिर बरिशाल-खुल्ना राजमार्गको छत्रकाण्डमा बस सडक छेउको पोखरीमा खसेको समाचार एजेन्सी एएनआईले डेली स्टारलाई उद्धृत गर्दै लेखेको छ।

साउन ७, २०८० आइतबार ०८:३६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।