राष्ट्रपति पौडेलद्वारा पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रपति पौडेलद्वारा पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा राष्ट्रपति पौडेलले खड्कालाई कार्यवाहका प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उपस्थितिमा हुने दैनिक प्रशासनिक काम खड्काले सम्हाल्ने जनाएको छ।

साउन ६, २०८० शनिबार १९:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।