डा. योगेन्द्रको उपचार अनुभव : क्यान्सरले ७० वर्षीया आमैको स्तन झर्यो, स्याउँस्याउँ परेका सेता किराले घाउ फैलन दिएन
महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रा.डा. योगेन्द्रप्रसाद सिंह शल्य चिकित्सक हुन्। क्यान्सर सर्जरी विषयमा विधावारिधि गरेका उनी विशेषगरी क्यान्सरको ट्युमर भएका बिरामीको सर्जरीमा केन्द्रीत हुन्छन्।
डा. योगेन्द्रलाई ती आमैको स्तन नै खसिसक्दा समेत क्यान्सर धेरै नफैलिएकोमा अलि अनौठो लाग्यो। त्यसैले त्यो घाउ थप नफैलनुको कारण उनले खोजे। अध्ययन गर्दै जाँदा त त्यहि सेतो किरा परेकै कारण घाउ थप नफैलिएको उनले पत्ता लगाए।
क्याम्पसमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु र त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बिरामीको उपचार गर्नु उनको दैनिकी हो। डा. योगेन्द्रलाई धेरैले ‘वाइपी सिंह’का नामले चिन्ने गरेका छन्। उनले चिकित्सकीय पेशामा देखेभोगेका आफ्ना केही अनुभव उकेरासँग साटेका छन्।
जब ७० वर्षीया आमैको स्तन झर्यो...
करिब १५ वर्षअघि ७० वर्षीय आमै हिँडेरै शिक्षण अस्पताल पुगिन्। धेरै वर्षअघि श्रीमान् बितेकी ती आमै एकल महिला रहिछन्। छोराछोरी पनि कोही थिएनन्।
आमैको दायाँतर्फको स्तनमा घाउ भएर कुहिएर झरिसकेको थियो। कुहिएको स्तनमा स्याउँस्याउँती सेता किरा परिरहेका थिए। चिकित्सकको टिमले हेर्ने बित्तिकै क्यान्सर भन्ने थाहा पायो।
क्यान्सरको विषयमा थाहा नभएकी ती आमैको स्तन नै झरिसकेको थियो। तर उनले त्यसलाई सामान्य घाउ नै ठानेकी थिइन्। घाउको दुखाई भने रहेनछ।
अस्पतालमा तार्पिनको तेलमा कपास भिजाएर सफा गर्दै डा. योगेन्द्रको टिमले आमैको स्तनमा भएका किरा निकालिदियो। उनले घाउ सफा गरिदिए।
ति आमैको स्तनको घाउ शल्यक्रिया गरी निकाल्नुपर्ने थियो। क्यान्सरका कोषिका निकालेर सर्जरी गरी घाउ छोप्नुपर्ने थियो। त्यसपछि किमोथेरापिलगायतका विधि अपनाई उपचार गर्नुपर्ने थियो।
चिकित्सकले लेखिदिएको औषधि सेवन गर्दै फलोअपमा गइरहेका थिए ती पुरुष। करिब दुई वर्ष ती बिरामी हराए। दुई वर्षपछि फेरि शिक्षण अस्पताल पुगे। अस्पताल पुग्दा ती बिरामी पुरुष ठिकठाक देखिए।
उपचारपछि आमैको स्तनको क्यान्सर ठिक हुनसक्थ्यो। डा. योगेन्द्रले उपचारका लागि सुझाव पनि दिए। तर, किरा निकालिदिएपछि ती आमै पुनः अस्पताल नै नआएको उनले सुनाए।
डा. योगेन्द्रलाई ती आमैको स्तन नै खसिसक्दा समेत क्यान्सर धेरै नफैलिएकोमा अलि अनौठो लाग्यो। त्यसैले त्यो घाउ थप नफैलनुको कारण उनले खोजे। अध्ययन गर्दै जाँदा त त्यहि सेतो किरा परेकै कारण घाउ थप नफैलिएको उनले पत्ता लगाए।
त्यो सेतो किराले घाउमा डे«सिङको काम गर्दोरहेछ र निको नहुने घाउ पनि निको पार्नेरहेछ। किराले घाउको मृत कोसिका खाँदो रहेछ, जसले नयाँ कोषिका उत्पादन भएर घाउ सफा हुँदोरहेछ। किराले निकाल्ने इन्जाइमका कारण ती आमैको स्तन क्यान्सरको घाउ धेरै फैलनबाट बचेको रहेछ।
ती आमै किन फलोअपमा आइनन् भन्ने मनमनै आफैँ प्रश्न गर्दै डा. योगेन्द्र आफैं उत्तर दिन्छन्, ‘आमैलाई क्यान्सरको बारेमा ज्ञान नै थिएन। आमैलाई शरीरमा किरा नपरोस् भन्ने मात्रै चिन्ता थियो। त्यसैले किरा निकालिदिएपछि उनी आइनन्।’
यो घटनाको विषयमा डा. योगेन्द्रले घटना अध्ययन (केस स्टडी)को रूपमा लेखेको लेख बेल्जियमबाट प्रकाशित हुने एउटा पत्रिकामा समेत प्रकाशित भएको थियो। त्यो लेख लेखेवापत पत्रिकाले एक सय डलर पारिश्रमिक समेत दिएको उनले सुनाए।
डाक्टरले नै माया मारेका पुरुषले दुई वर्ष हराए अनि क्यान्सर जितेर फर्किए
करिब २० वर्षअघि ४५ वर्षका पुरुष शिक्षण अस्पताल पुगेका थिए। स्वास्थ्य परीक्षणको क्रममा उनमा पेटको आमाशयको क्यान्सर भएको पत्ता लाग्यो। क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको थियो।
डा. योगेन्द्र नेतृत्वको चिकित्सकको टिमले शल्यक्रिया गरेर ट्यूमर पनि फाल्यो। तर, सबै ट्यूमर निकाल्न सम्भव नभएपछि लामो समय बचाउन सक्ने प्रष्ट आधार देखिएन।
ती बिरामी बेला–बेलामा ओपीडीमा पुग्थे। शरीरमा रगतको मात्रा कम हुन नदिन अनि शरीर कमजोर नहोस् भन्नका लागि डा. योगेन्द्र बिरामीलाई आइरन दिन्थे। जीवनको सहजताका लागि केही औषधि दिन्थे।
केही वर्षअघि मुस्ताङका एकै परिवारका दुई दाजुभाइ र बहिनी शिक्षण अस्पताल पुगे। दाजुको उमेर करिब ५५ वर्ष, भाइको ४५ र बहिनीको उमेर ४० थियो।
चिकित्सकले लेखिदिएको औषधि सेवन गर्दै फलोअपमा गइरहेका थिए ती पुरुष। करिब दुई वर्ष ती बिरामी हराए। दुई वर्षपछि फेरि शिक्षण अस्पताल पुगे। अस्पताल पुग्दा ती बिरामी पुरुष ठिकठाक देखिए।
स्वास्थ्य परीक्षण गर्दा थाहा भयो, ती पुरुषले क्यान्सर नै जितिसकेछन्। चिकित्सकले समेत माया मारिसकेका बिरामीले क्यान्सर नै जितिसकेको देख्दा डा. योगेन्द्रको टिमलाई समेत चमत्कार नै भएको महशुस भयो। ती पुरुष क्यान्सर जितेको पाँच वर्षसम्म पनि फलोअपमा अस्पताल पुगेका थिए। पुरुषको स्वास्थ्य अवस्था ठिक ठाक नै थियो।
डा. योगेन्द्रलाई लाग्छ– सायद ती पुरुषलाई कुनै खानपान तथा जीवनशैलीले इम्युनोथेरापीको रूपमा काम गरेको हुनुपर्छ। त्यस्तै कुनै खानपान तथा जीवनशैलीले गर्दा नै शरीरमा क्यान्सर जित्ने रोगप्रतिरोधात्मक क्षमताको विकास भएर क्यान्सर जित्न सम्भव भएको हुनुपर्छ।
क्यान्सरको प्रकृति तथा अवस्थाअनुसार बिरामीलाई इम्युनोथेरापी दिइन्छ। इम्युनोथेरापीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र क्यान्सरका कोषिकालाई नष्ट गर्छ अनि क्यान्सर जित्न सम्भव हुन्छ। त्यो घटनाबाट उनले जीवनको अन्तिम क्षणसम्म पनि आशा मार्न नहुने रहेछ भने थप महशुस गरे।
एकै परिवारका तीन जनामा क्यान्सर, दाजु र बहिनीको मृत्यु
केही वर्षअघि मुस्ताङका एकै परिवारका दुई दाजुभाइ र बहिनी शिक्षण अस्पताल पुगे। दाजुको उमेर करिब ५५ वर्ष, भाइको ४५ र बहिनीको उमेर ४० थियो।
स्वास्थ्य परीक्षण गर्दा तीनै जनामा पेटको आमाशयको क्यान्सर पुष्टि भयो। अस्पतालमा पुग्दा तीन जनामध्ये दाजु र बहिनीको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। तीनै जनाको डा. योगेन्द्रको टिमले नै उपचार गर्यो।
अन्य रोगको उपचार गर्दा क्यान्सर भेटिएकी ती ६० वर्षीया आमैले बेलैमा सही उपचार पाउँदा ७५ वर्षको उमेर हुँदासमेत बाँचिरहेकी छन्।
चिकित्सकको टिमले शल्यक्रियागरी तीनै जनाको आमाशयको क्यान्सरको ट्युमर निकाल्यो। किमोथेरापी गर्यो। तर, औषधि उपचार थालेको केही महिनामा नै दाजु र बहिनीको मृत्यु भयो।
बीचका भाइको भने उपचारपछि क्यान्सर ठिक भयो। भाइ अझै बेला–बेलामा फलोअपमा अस्पताल पुग्ने गरेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य नै भएको डा. योगेन्द्रले सुनाए।
वंशाणु कारण यसरी पारिवारिक गुणका रूपमा समेत परिवारमा क्यान्सर हुनसक्ने उनले सुनाए।
धन्न ती महिलाको क्यान्सर फैलिएन
करिब १५ वर्षअघि ६० वर्षकी आमै मुख र मलद्वारबाट रक्तश्राव भएर अस्पताल पुगेकी थिइन्। चिकित्सकको टिमले आकस्मिक रूपमा ती आमैको आमाशयको शल्यक्रिया गर्यो। ट्यूमर निकालियो। त्यो ट्यूमरको परीक्षण गरियो। परीक्षणपछि क्यान्सर पुष्टि भयो।
शल्यक्रिया गर्नुअघि क्यान्सरको शंका नै थिएन। धन्न बेलैमा ती आमैको शरीरबाट ट्यूमर निकालियो र क्यान्सर भएको पत्ता लाग्यो। बेलैमा क्यान्सर भएको थाहा भएपछि औषधि उपचार भयो र ती आमैको ज्यान बाँच्यो।
ती आमै अहिले ७५ वर्षकी भएको र अहिलेसम्म स्वास्थ्य अवस्था ठिकठाक रहेको डा. योगेन्द्रले सुनाए। अन्य रोगको उपचार गर्दा क्यान्सर भेटिएकी ती आमैले बेलैमा सही उपचार पाउँदा अहिलेसम्म बाँचिन्।
बचाउन सकिन्छ स्तन
अहिले भने स्तन ननिकाली पनि स्तन क्यान्सरको उपचार गर्न सकिने चिकित्सकीय सीप तथा प्रविधिको विकास भएको डा. योगेन्द्रले सुनाए।
स्तनमा भएको क्यान्सर निकालेर फालेपछि स्तनको आकार मिलाउने विधिलाई अंकोप्लाष्टी सर्जरी भनिन्छ। करिब १३ वर्षअघि करिब २९ वर्षकी स्तन क्यान्सर भएकी महिलाको स्तनको आकार मिलाइदिएको अनुभव उनले सुनाए।
मृत्यु भएपछि परिवारका सदस्यले डा. योगेन्द्रलाई पनि बोलाए। उनी गए। आफैँले उपचार गरेको बिरामी मृत्यु भइसकेपछि भेट्न जाँदा साह्रै दुःख लागेको उनले सुनाए।
सर्जरी गरी स्तनमा भएको क्यान्सरको कोसिका निकालेर किमोथेरापी र रेडियोथेरापी जस्ता विधि अपनाइ उपचार भयो। क्यान्सर फाले पनि स्तन जस्ताको तस्तै भएकोमा ती महिला खुसी रहेको उनले सुनाए।
मृत्यु हुँदासमेत बोलाएपछि...
३० वर्षअघि र अहिले अहिलेको परिवेश फरक भएको उनले अनुभव सुनाए। त्यो बेला क्यान्सर लाग्यो भन्यो की बिरामीका आफन्त डाक्टरसाप औषधि लेखिदिनुस् बिरामी हामी घर लिएर जान्छौं भन्थे रे।
तर, अहिले भने उपचार सम्भव छ की भनेर खोज्नेको संख्या बढ्दै गएको उनले सुनाए। त्यसो त यस्ता कतिपय बिरामीलाई डा. योगेन्द्रले घरैमा गएर पनि उपचार गरेका छन्।
आफूले उपचार गरेका बिरामीको मृत्यु हुँदा परिवारका सदस्यले बोलाएको समेत सम्झन्छन् उनी। धेरै वर्षअघि ७० वर्ष नाघेका एक जना पाको उमेरका बाजोको उनले शल्यक्रिया लगायतका विधि अपनाई क्यान्सरको उपचार गरेका थिए।
बेला–बेलामा घरैमा गएर समेत उपचार गर्थे। तर, शल्यक्रिया गरेको करिब एक वर्षपछि ती बाजेको मृत्यु भयो। मृत्यु भएपछि परिवारका सदस्यले डा. योगेन्द्रलाई पनि बोलाए। उनी गए। आफैँले उपचार गरेको बिरामी मृत्यु भइसकेपछि भेट्न जाँदा साह्रै दुःख लागेको उनले सुनाए।
त्यसरी घरैमा गएर उपचार गर्दा त बिरामी तथा बिरामीका आफन्तसँग थप आत्मिए सम्बन्ध नै हुने उनको अनुभव छ। ती मृतक बाजेको परिवारले अहिले पनि कुनै स्वास्थ्य समस्या परे जानकारी लिने गरेको उनले सुनाए।
सहायक प्रशिक्षकको जागिर, एमबीबीएसमा वीरेन्द्र–ऐश्वर्य छात्रवृति
वि.सं. २०१७ मा सर्लाहीको बलरा नगरपालिका अर्नाहामा जन्मिएका योगेन्द्रले त्यहिँको ‘गढैया डुमरिया जनता माबि’बाट २०३३ मा एसएलसी पास गरेर काठमाडौं छिरे।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्रमाणपत्र तहको हेल्थ ल्याब विषय अध्ययनका लागि भर्ना भए। २०३५ मा उनको तीन वर्षे एचए अध्ययन पूरा भयो।
‘वीरेन्द्र–ऐश्वर्य छात्रवृति’बापत वार्षिक तीन हजार ६ सय रकम पाउँथे उनले। उनका लागि त्यो ठूलो रकम थियो। त्यो बेला अध्ययन गर्दा छात्रवास बापत करिब ४५ रुपैयाँ तिर्नुपर्थ्यो।
अध्ययनमा अब्बल उनी सर्वोत्कृष्ट भएपछि महाराजगञ्ज चिकित्सा क्याम्पसले २०३६ मा जागिर दियो। क्याम्पसमा सहायक प्रशिक्षकको रूपमा जागिर सुरु भएपछि एचए अध्ययन गर्ने विद्यार्थीलाई पढाउनु उनको काम थियो। जागिर सुरु भएको ६ महिनामा त उनी स्थायी नै भए।
तीन वर्ष सहायक प्रशिक्षकका रूपमा काम गरेपछि योगेन्द्र महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययन गर्न थाले। पढाइमा अब्बल भएकैले ‘वीरेन्द्र–ऐश्वर्य छात्रवृति’ पाएका उनले २०४५ मा एमबीबीएस अध्ययन पूरा गरे।
यो छात्रवृतिवापत वार्षिक तीन हजार ६ सय रकम पाउँथे। उनका लागि त्यो ठूलो रकम थियो। त्यो बेला अध्ययन गर्दा छात्रवास बापत करिब ४५ रुपैयाँ तिर्नुपर्थ्यो। पढाइ बापतको अन्य शूल्क खासै तिर्नु पर्दैनथ्यो।
सहायक प्राध्यापकमा बढुवा, जापानमा क्यान्सर सर्जरी अध्ययन
एमबीबीएस अध्ययनपछि पनि महाराजगञ्ज चिकित्सा क्याम्पसमा डा. योगेन्द्रको जागिर निरन्तर चलिनै रह्यो। तर, एमबीबीएस गरेपछि केही समय सहायक प्रशिक्षक भए पनि तलब भने मेडिकल अधिकृत सरहको पाउँथे उनले।
सहायक प्रशिक्षक भएको दश वर्षमा त्रिविको निर्णय अनुसार डा. योगेन्द्र सिधै सहायक प्राध्यापकमा बढुवा भए। आकस्मिक विभाग, नाक–कान, घाँटी विभाग हुँदै उनी सर्जरी विभागमा काम गर्न थाले।
हाल डा. योगेन्द्र क्याम्पसमा सर्जरी विभागको प्रमुखको रूपमा कार्यरत छन्। सर्जिकल अंकोलोजी विषयमा नै विद्यावारिधि गरेकाले उनी यसै विषयमा नै केन्द्रीत भएर काम गर्छन्।
त्यसपछि डा. योगेन्द्र जापान सरकारको छात्रवृति कोटामा थप अध्ययनका लागि सन् १९९४ मा जापान पुगे। उनले कान्साई मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरी विषयमा एमडी गरे।
त्यसपछि सर्जिकल अंकोलोजी (क्यान्सर सर्जरी) विषयमा विद्यावारिधि गरे। सर्जिकल अंकोलोजी विषयमा पनि स्तन र पाचन प्रणाली (जीआई)को क्यान्सर सम्बन्धी सर्जरीमा नै उनको अध्ययन बढी केन्द्रीत भयो। मुखको खाने नलीदेखि मलद्वारसम्मको पाचन नलीलाई पाचन प्रणाली भनिन्छ।
जापानमा अध्ययन गरिसकेपछि डा. योगेन्द्र सन् १९९८ मा नेपाल फर्किए।
सर्जरी र पढाउने मुख्य काम
नेपाल फर्किएपछि डा. योगेन्द्र महाराजगञ्ज चिकित्सा क्याम्पसको सर्जरी विभागमा नै काम गर्न थाले। विद्यावारिधी गरेका हुनाले नेपाल फर्किएपछि उनको छिटो–छिटो बढुवा भयो।
बढुवा भएर उप–प्राध्यापक, सह–प्राध्यापक हुँदै उनी सन् २००८ मा प्राध्यापकमा बढुवा भए। हाल डा. योगेन्द्र क्याम्पसमा सर्जरी विभागको प्रमुखको रूपमा कार्यरत छन्। सर्जिकल अंकोलोजी विषयमा नै विद्यावारिधि गरेकाले उनी यसै विषयमा नै केन्द्रीत भएर काम गर्छन्।
क्यान्सरको उपचारका लागि किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया गरेर ट्युमर फाल्ने गरी मुख्य गरी तीन तरिकाले उपचार गर्न सकिन्छ। आवश्यकता अनुसार यी तीनै किसिमका उपचार विधि पनि अपनाउनुपर्ने हुनसक्छ।
डा. योगेन्द्र सर्जिकल अंकोलोजिष्ट भएकाले क्यान्सर रोगको ट्युमर भएका बिरामीको शल्यक्रिया गरी ट्युमर निकाल्ने तथा बिरामीको उपचार गर्नु उनको दैनिकी हो। त्यतिमात्रै हैन उनी चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि अध्ययन अनुसन्धान गर्नमा पनि त्यतिकै व्यस्त हुन्छन्।
उनको अध्ययनले भन्छ- क्यान्सर भएका ठाउँका रक्त कोषिका चिकित्सकीय विधि अपनाई नष्ट गरिदिने हो भने क्यान्सरको वृद्धि पनि हुँदैन र अन्य ठाउँमा सरेर पनि जाँदैन। अनि क्यान्सरको उपचारपछि बिरामीले क्यान्सर जित्न सक्छ। क्यान्सरको उपचारका लागि किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया गरेर ट्युमर फाल्ने गरी मुख्य गरी तीन तरिकाले उपचार गर्न सकिन्छ। आवश्यकता अनुसार यी तीनै किसिमका उपचार विधि पनि अपनाउनुपर्ने हुनसक्छ।
लेख पढ र अध्ययन तथा अनुसन्धान गर्न रुचाउने डा. योगेन्द्रको ‘क्यान्सर के, किन र कसरी?’ भन्ने शीर्षकमा पुस्तक समेत प्रकाशित छ।
साउन ६, २०८० शनिबार १८:५०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।