कांग्रेसले अब राम्रो काम गरेर अर्को निर्वाचनमा पहिलो पार्टी बन्नेतर्फ लाग्नुपर्छ : महामन्त्री शर्मा

कांग्रेसले अब राम्रो काम गरेर अर्को निर्वाचनमा पहिलो पार्टी बन्नेतर्फ लाग्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेतर्फ लाग्नुपर्ने बताएका छन्। 

बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले ३२९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए।

‘हामीले वि. सं २०८४ को निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो। राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो,’ उनले भने।

महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको गुनासो पनि गरे।

साउन ६, २०८० शनिबार १७:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।