कांग्रेस शत्रु हो भन्ने पारेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

कांग्रेस शत्रु हो भन्ने पारेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनलाई तोड्न अनेक षडयन्त्र भइरहेको बताएका छन्। 

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा उनले कतिपय कम्युनिष्ट पार्टीले प्रतिगामीसँग हातेमालो गरिरहेको पनि आरोप लगाए।

‘घुमीफिरी शत्रु भनेको कांग्रेस नै हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुनसक्छ,’ उनले भने, ‘व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन  नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्छ।’

उनले विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्था भए पनि नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको उल्लेख गरे।

साउन ६, २०८० शनिबार १७:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।