खेतमा पानी लगाउन गएका डाँगीको चट्याङ लागेर मृत्यु
दाङ : जिल्लामा खेतमा पानी लगाउन गएका एक किसानको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ खैरिपुर बस्ने ४४ वर्षीया गौरी डाँगी रहेका छन्।
आफ्नै खेतमा पानी लगाउन गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउन ६, २०८० शनिबार १७:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।