बिरुवाङ खोलामा ३१ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

बिरुवाङ खोलामा ३१ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

प्युठान : ३१ वर्षीया महिला बलात्कारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापा रहेका छन्। उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

थापाले ती महिलालाई ऐरावती गाउँपालिका–२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन ६, २०८० शनिबार १७:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।