चिर्पटले हानेर भिनाजुको हत्या

चिर्पटले हानेर भिनाजुको हत्या

धनुषा : आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका २५ वर्षीय सुरज सिंह रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते शिवमुरतको रामा अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सितामाढीतर्फ लैजाने क्रममा गएराति मृत्यु हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

साउन ६, २०८० शनिबार १७:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।