२२ प्रतिशतले घट्यो जलेश्वर भन्सारको राजस्व, कारण पेट्रोलियम पदार्थ र आलु प्याज ढुवानीमा कमी

२२ प्रतिशतले घट्यो जलेश्वर भन्सारको राजस्व, कारण पेट्रोलियम पदार्थ र आलु प्याज ढुवानीमा कमी

जलेश्वर : महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा यस वर्ष २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो। 

जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य लिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ।

यो आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोडले कम हो। पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमी लगायत कारणले राजस्व कम असुल भएको हो।

जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उहाँको भनाइ छ।

साउन ६, २०८० शनिबार १६:५८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।