नवलपरासीमा ‘लम्पी स्किन’बाट चार सय गाई भैंसी मरे

नवलपरासीमा ‘लम्पी स्किन’बाट चार सय गाई भैंसी मरे

नवलपरासी : नवलपरासीमा लम्पी स्किनका कारण हालसम्म चार सय १३ वटा गाई भैंसीको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यस रोगबाट नवलपरासीमा ६ हजार २४ पशु चौपाया संक्रमित भएका छन्।

केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाई भैंसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए। उनले जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको जानकारी दिए। 

उनका अनुसार जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको संक्रमणदर उच्च रहेको छ। कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेको र दुई हजार १३ पशु लम्पी स्किनबाट संक्रमित भएको उनले बताए। 

साउन ६, २०८० शनिबार १४:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।