खाली हुँदै नेपालगञ्जका व्यावसायिक सटर, बाँकेमा १६० उद्योग बन्द
नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन्।
कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए।
उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ।
कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि, आर्थिक तरलता लगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौं उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ।
साउन ६, २०८० शनिबार १४:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।