'गृहमन्त्रीले अँगालो हालेपछि' प्रेस चौतारीका अध्यक्षको साइबर मुद्दा फिर्ता !

'गृहमन्त्रीले अँगालो हालेपछि' प्रेस चौतारीका अध्यक्षको साइबर मुद्दा फिर्ता !

काठमाडौँः प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा परेको उजुरी फिर्ता भएको छ। 

बस्नेतले आज उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर यसबारे जानकारी दिएका हुन्। 

गृहमन्त्रीसँगको भेटमा बस्नेतले समाचार स्रोत गलत परेको र गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त पनि गरेका छन्। उनले लेखेका छन्, 'उहाँले (गृमन्त्री श्रेष्ठ) अँगालो हाल्नुभयो। समस्याको समाधान भयो, प्रेस चौतारी नेपालको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ।'

गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको थियो। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्यूरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा साउन ४ गते उजुरी दिएका थिए।

 

 

साउन ६, २०८० शनिबार १४:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।