ग्लोबल टी-२० लिगमा सन्दीपले दीपेन्द्रको विकेट लिए, खेल भने दीपेन्द्रकै टिमले जित्यो
काठमाडौं : ग्लोबल टी-२० क्यानडा लिगको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरीको टिम मोन्टरिएल टाइगर्सले जित हात पारेको छ। दीपेन्द्रको टिम मोन्टरिएलले सन्दीप लामिछानेको टिम सर्रे जागुअर्सलाई ५ विकेटले हरायो।
खेलमा सन्दीपले नै दीपेन्द्रको विकेट लिए पनि मोन्टरिएललाई पराजित गर्न भने पर्याप्त भएन।
खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १३६ रनको योगफल बनाएको थियो। जसका लागि कप्तान इफ्तिकार अहमदले सर्वाधिक ४० रन जोडेका थिए।
जवाफमा १३७ रनको लक्ष्य मोन्टरिएलले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। जसका लागि दीपेन्द्रले २२ बलमा २ चौकासहित सर्वाधिक २८ रनको योगदान दिए।
बलिङमा सन्दीपले ४ ओभरमा १७ रन खर्चेर दिपेन्द्रको विकेट सहित २ विकेट लिएका थिए। उनले सकिब अल हसनलाई पनि आउट गरे पनि टिमको हार टार्न भने सकेनन्।
साउन ६, २०८० शनिबार १२:४७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।