वर्षामा जडीबुटीस्थित कृषि बजार क्षेत्रको यो हालत (तस्वीरहरू)

वर्षामा जडीबुटीस्थित कृषि बजार क्षेत्रको यो हालत (तस्वीरहरू)

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा रहेको जडीबुटीस्थित मनोहरा कृषि बजारमा सानै पानी पर्दा पनि हिलाम्य हुने गरेको छ।

मनोहरा खोलाको किनारमा बसपार्क पनि छ। बर्खामा बसपार्क क्षेत्रमा झनै फोहोर हिलोका कारण यस क्षेत्र दुर्घन्धित बन्ने गरेको छ।  

तरकारी बजार क्षेत्रका आसपासका सडकमा सानै पानीले पनि हिलाम्य हुने गरेको छ। ठाउँठाँउमा ठूल्ठुला खाडल बन्दा बाटोहरू झनै असुरक्षित बनेका छन्। बाटोमा हिँड्दासमेत दुर्घटनाको जोखिम हुने देखिएको छ। 

यस्तै जडीबुटीबाट पेप्सीकोलातर्फ बिजुली, केवल, टेलिफोनजस्ता तारको व्यवस्थापन गरेको पनि देखिँदैन। जसका कारण सहर नै कुरूप देखिएको छ। 

तस्वीरहरूः रोशन पोखरेल

 

साउन ६, २०८० शनिबार ०८:०४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।