ब्रिटिस प्रोफेसनल कलेजका तीन विद्यार्थीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा ल्याए विश्वस्तरिय नतिजा
काठमाडौँ : ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले पुनःविश्वस्तरिय नतिजा ल्याएका छन्।
बीपीसीमा अध्ययनरत विद्यार्थी दिपांशु थापा र हर्षवर्धक शाहले सन् २०२३ को जुनमा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएका हुन्।
थापाले ९८ प्रतिशत अङ्क ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरे भने ९७ प्रतिशत अङ्क ल्याएर शाह तेस्रो भए। रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेस रिपोर्टिङ’ विषयमा ९१ प्रशित अङ्क ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।
यसअघि बीपीसीमा अध्ययन गरेका विद्यार्थी रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठुलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।
कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परीक्षामा विद्यार्थीहरूको नतिजा असाधारण रहेको बताइन्। एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परीक्षा निकै कठिन हुन्छ, यस्तो परीक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधारण हो। विद्यार्थीहरूलाई उनीहरूको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहन्छु।'
ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरूले निरन्तर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए। उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरूबाट पनि प्रस्ट हुन्छ। यही उपलब्धिको कारण अब हामीले सीमित सङ्ख्यामा मात्रै भर्नाहरू लिने भएका छौँ।'
साउन ५, २०८० शुक्रबार १९:५६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।