ललितपुरमा हिमालय एक्जिबिसन हुँदै, दुई दिनसम्म चल्ने

ललितपुरमा हिमालय एक्जिबिसन हुँदै, दुई दिनसम्म चल्ने

काठमाडौं : इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूको अनुसन्धानमूलक कार्यहरूको प्रदर्शनी हुने भएको छ।

ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा शनिबारबाट चौथो संस्करणको ‘हिमालय एक्जिबिशन–२०२३’ हुन लागेको हो। प्रदर्शनी शनिबार र आइतबार दुई दिन चल्नेछ।

प्रदर्शनीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उपत्यकाभित्रका ३० भन्दा बढी इन्जिनियरिङ कलेज र सोही कलेजका विभिन्न संकायमा अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्।

उनीहरूले सिकेका ज्ञान तथा कलालाई अनुसन्धानमूलक कार्यहरू प्रदर्शनीमा प्रदर्शनमा राखिने आयोजकले जनाएको छ। प्रदर्शनीको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नेछन्।

विद्यार्थीले स्वत्तस्फूर्त रूपमा प्रदर्शनीमा सहभागिताका साथै प्रतिष्पर्धा गर्ने वातावरण मिलाइएको आयोजक हिमालय कलेज अफ इन्जिनियरिङले जनाएको छ। कलेजले जानकारी दिएको छ।

साउन ५, २०८० शुक्रबार १९:३५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।