पार्टीका नेताहरुको संरक्षण गर्नु कार्यकर्ताको कर्तव्य हो, नेतृत्वको आलोचना नगर्नुस् : आरजु देउवा

पार्टीका नेताहरुको संरक्षण गर्नु कार्यकर्ताको कर्तव्य हो, नेतृत्वको आलोचना नगर्नुस् : आरजु देउवा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र पार्टी नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताको कर्तव्य भएको बताएकी छन्।

जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागि सकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन्।

उनले आफ्नै पार्टी र नेतृत्वको खुला रुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिएकी छन्। साथै आरजुले पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो समेत गरिन्।

‘निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो? उनले भनिन्, ‘अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो।’

साउन ५, २०८० शुक्रबार १७:५३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।