विद्यालय तहको पाठ्यक्रममै डिजिटल साक्षरताको विषय समावेश गर्नुपर्छ : प्रधानमन्त्री

विद्यालय तहको पाठ्यक्रममै डिजिटल साक्षरताको विषय समावेश गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रमको आवश्यकता रहेको बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदद्वारा शुक्रबार सिंहदरबारमा आयोजित अन्तरक्रियामा उनले विज्ञान प्रविधिको युगमा प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक रहेको समेत बताए। 

‘पर्याप्त ज्ञानबिना साइबर प्रविधिको प्रयोग र यसमार्फत पैदा भएका चुनौतीसमेत सामना गर्न सकिंदैन,’ उनले भने, ‘तसर्थ विद्यालय तहबाट नै पाठ्यक्रममा डिजिटल साक्षरताको व्यवस्था गर्नेतर्फ समेत हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ।’

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका उनले सूचना प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेको उल्लेख गरे।

साथै उनले देश र जनता एवं स्वयं आफ्नो व्यक्तिगत जीवनलाई कसरी प्रविधिमैत्री बनाउने, कुन सामग्री देश र समाजका लागि अनुकूल वा प्रतिकूल छन्, तिनीहरूबारे आधारभूत ज्ञान कसरी राख्ने, सही सामग्रीको छनोट कसरी गर्ने लगायत विषयमा पर्याप्त ज्ञान हुनुपर्ने बताए।

साउन ५, २०८० शुक्रबार १७:२१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।