गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिन पत्रकार महासंघको माग

गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिन पत्रकार महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनताटाइम्स डटकमका प्रधानमसम्पादक गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा दायर उजुरी फिर्ता लिन सरकारसँग माग गरेको छ।

शुक्रबार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले प्रेस विज्ञप्ति निकालेरफेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको ठहर गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा लेखेको महासंघको विज्ञप्तिमा उल्लेख छ।

साथै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै सञ्चारकर्मीहरूमा समेत पत्रकार आचारसंतिाको पालनामा गम्भीर हुन आह्वान गरेको छ।

अध्यक्ष बस्नेतले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारबाट पास गराएको सुन अर्थमन्त्री डा. प्रकाशशरण महतले समातेको सूचना आएको भन्दै सामािजक सञ्जाल फेसबुकमा लेखेका थिए।

त्यसपछि गृहमन्त्रीको सचिवालयले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो।

साउन ५, २०८० शुक्रबार १६:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।