सरकार भ्रष्टाचारविरुद्ध कडाइका साथ लागेकाले धेरैको टाउको दुखेको छ : सञ्चारमन्त्री शर्मा

सरकार भ्रष्टाचारविरुद्ध कडाइका साथ लागेकाले धेरैको टाउको दुखेको छ : सञ्चारमन्त्री शर्मा

धनुषा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुरुदेखि नै सुशासन र भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताएकी छन्।

शुक्रबार जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, ‘सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएकोले सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ।’

उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रुपमा देखिएको यस समस्याको समाधान गरेको समेत बताइन्।

‘अहिले नागरिकताविहीन नेपालीका छोराछोरीले नागरिकता पाइरहेका छन्। निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ। सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताका साथ लागेको छ। यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा पनि बेलाबेला देखिन्छ,’ उनले भनिन्।

उनले अहिले सरकारले मिटरब्याज पीडितहरुलाई न्याय दिनका लागि शक्तिशाली आयोग बनाएर जनकपुरधामबाट नै समस्या समाधानको पहल गरिएको र पीडितलाई न्याय दिने काम अघि बढेको समेत उल्लेख गरिन्।

साउन ५, २०८० शुक्रबार १६:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।