घरमै सुतेको बेला चट्याङ लागेर रोल्पामा एक जनाको ज्यान गयो

घरमै सुतेको बेला चट्याङ लागेर रोल्पामा एक जनाको ज्यान गयो

रोल्पा : गए राति परेको चट्याङ लागेर रोल्पामा एक वडा सदस्यको निधन भएको छ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए।

साउन ५, २०८० शुक्रबार १४:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।