२५ वर्षीया महिलामाथि भेडी गोठमा बलात्कार, एक जना पक्राउ

२५ वर्षीया महिलामाथि भेडी गोठमा बलात्कार, एक जना पक्राउ

काठमाडौं : हुम्लामा २५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

लुहारले ती महिलालाई सोही गाउँपालिका–१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको प्रहरी चौकी ताजाकोट छप्रेलाले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

साउन ५, २०८० शुक्रबार १४:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।