सुन तस्करीको अनुसन्धान प्रक्रिया जरैसम्म पुग्छ, जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

सुन तस्करीको अनुसन्धान प्रक्रिया जरैसम्म पुग्छ, जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
तस्बिर : फोटो लाइब्रेरी

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा कोही कसैको मतलब नगर्ने बताएका छन्। 

शुक्रबार विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्ने गरी अघि बढाउने बताए। 

उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ। जोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’

कतै यो तस्करी प्रकरण पनि राजनीतिक पहुँचका आधारमा तीन ब (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर  सामसुम हुने त होइन भन्ने प्रश्नमा उनले भने, ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै ‘कोट’, कुनै ‘टार’, कुनै पार्टी मलाई मतलब छैन।’

साउन ५, २०८० शुक्रबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।